युक्रेन हमलामा ७५ मिसाइल र इरानी ड्रोन प्रयोगः जेलेन्स्की
मेरोन्यूज
२०७९ असोज २५ गते ७:४१

मस्को । रुसलाई क्रिमिया जोड्ने पुलमा विष्फोटको बदलामा रुसले सोमबार युक्रेनी शहरहरूमा बमबारी गरेर सर्वसाधारणको हत्या र पूर्वाधारमा ठूलो क्षति गराएको छ । आक्रमणमा रुसले इरानी ड्रोन प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
राजधानी किभ र दक्षिण पश्चिमका सहरहरूलाई लक्षित गरी घातक हमला भएको देशको सेना प्रमुखले बताएका छन् । युक्रेनमा कम्तीमा ७५ वटा मिसाइल प्रहार गरेको उनले बताएका छन् ।
केही साताको अन्तरालपछि रुसी सेनाले शृंखलाबद्ध हमला गरेको थियो । हमलामा देशको उर्जा पूर्वाधारमा पनि ठूलो क्षति भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।
‘ हामी आतंककारीहरूसँग लडिरहेका छौं । दर्जनौं मिसाइल र ड्रोनले देशभरका उर्जा फ्यासिलिटिजमा निशाना बनाइएको छ’, जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।एजेन्सी
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया