अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई
न्युयोर्क । अमेरिकाका तीन अर्थशास्त्री बेन बर्नान्के, डगलस डायमण्ड र फिलिप डिब्भिगलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुुरस्कार प्रदान गरिने भएको छ । बैंक तथा वित्तीय संकटमा गरेको उल्लेख्य कार्यका लागि उनीहरूलाई सो पुरस्कार दिइने भएको हो । बर्नान्के अमेरिकी केन्द्रीय बैंकका पूर्वअध्यक्ष तथा थिंक ट्यांक ब्रुकिङ इन्स्टिच्युटका विज्ञ हुन् भने डायमन्ड युनिभर्सिटी अफ शिकागोका प्राध्यापक र डिब्भिग वासिंगटन युनिभर्सिटीका प्राध्यापक हुन् । पुरस्कार बापत १० मिलियन स्विडिस क्रोनर तीन जना अर्थशास्त्रीहरुले बराबर बाँडेर लिनेछन् । अर्थशास्त्रतर्फको पुुरस्कार नोबेलको सम्झनामा स्विडेनको केन्द्रीय बैंकले स्थापना गरेको थियो । सन् १९८० को दशकको प्रारम्भमा उनीहरूले गरेको कार्यका लागि रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले मान्यता दिएको थियो । उनीहरूको कार्यले बैंकको आवश्यकत, तिनीहरूको मुख्य जोखिम र पतनले कसरी वित्तीय मन्दीलाई चर्काउन सक्छ भन्ने बारे हाम्रो आधुनिक बुझाइको आधार प्रदान गरेको नोबेल एकेडेमीले जनाएको छ ।
















७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया