पुटिन मिसाइलसँग वार्ता गर्ने अतिवादी हुनः युक्रेनी विदेशमन्त्री

किभ । युक्रेनका विदेशमन्त्री दिमित्रि कुलेबाले युक्रेनभरि रुसी मिसाइल आक्रमणले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘मिसाइलसँग छलफल गर्ने अतिवादी’ भन्ने देखाएको बताएका छन् । ‘रुसी क्षेप्यास्त्रहरूद्वारा युक्रेनभर हमला ।
पुटिनको एक मात्र कार्यनीति शान्तिपूर्ण युक्रेनी शहरहरूमा आतंक हो, तर उनले युक्रेनलाई तोड्ने छैनन् । यो पुटिनसँग शान्तिको बारेमा कुरा गर्न चाहने सबै शान्तिकामीलाई उनको जवाफ होः पुटिन एक आतंकवादी हुन जसले मिसाइलसँग वार्ता गर्छन्’ कुलेबाले ट्वीटरमा लेखेका छन् ।
रुसले सोमबार राजधानी किभ र दक्षिण पश्चिमका सहरहरूलाई लक्षित गरी घातक हमला गरेको थियो । रुसी सनोले कम्तीमा ७५ वटा मिसाइल प्रहार गरेको युक्रेनले दाबी गरेको छ । केही साताको अन्तरालपछि रुसी सेनाले शृंखलाबद्ध हमला गरेको थियो । हमलामा देशको उर्जा पूर्वाधारमा पनि ठूलो क्षति भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । (एजेन्सी)
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया