आइतबार, पुष १३, २०८२

कोरोना निको भएपछि राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

मेरोन्यूज २०७९ असोज २५ गते १४:३४

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी कोरोना संक्रमणको उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

कोरोना संक्रमण भई त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनी आज दिउँसो १२ः४५ बजे डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

‘उनको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनु भएको हो,’ उनले भने, ‘राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।’

यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यस क्रममा पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो ।

उनको उपचारमा डा. नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो ।

प्रतिक्रिया