‘प्रहरीको हाकिम हुँ’ भन्दै व्यापारीसँग रकम असुली गर्ने विराटनगरका युवक पक्राउ
मेरोन्यूज
२०७९ असोज २६ गते १५:१७

मोरङ । प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-२ बस्ने २९ वर्षीय रविन घिमिरे रहेका छन् । सोही महानगरपालिका-१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीउपर जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित















देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
प्रतिक्रिया