राकुटेन भाइबरले विश्वकप क्रिकेट २०२२ मा थप्यो सुपरबट

काठमाडौँ । रमाइलो गेम, आकर्षक पुरस्कार र अन्य धेरै कुराले भरिएको नयाँ क्रिकेट सुपरबटका साथ क्रिकेट फ्यानमाझ एक महिने लामो क्रिकेट उत्सव ल्याउँदै, राकुटेन भाइबरले लगातार दोस्रो वर्ष पनि आफ्नो विश्वकप क्रिकेट क्याम्पेन सार्वजनिक गरेको छ ।
विगत दुई वर्षयता राकुटेन भाइबरले क्रिकेट जगत्लाई निरन्तर साथ र सहयोग गर्दै आइरहेको छ । तर, यस वर्ष क्रिकेट उत्सवलाई अझ उत्कर्षमा पुर्याउँदै राकुटेन भाइबरले क्रिकेट फ्यानहरूका निम्ति क्रिकेटको माहोललाई थप सानदार र रोमाञ्चक बनाउने भएको छ ।
आफ्नो क्याम्पेनको एक भागको रूपमा, राकुटेन भाइबरले विविध अन्तर्क्रियात्मक गेमहरूको साथ आफ्नो बहु(प्रतिक्षित क्रिकेट सुपरबट सार्वजनिक गरेको छ । स्वचालित फिचरको रूपमा रहेको नयाँ सुपरबट क्रिकेट भाइब्स च्यानलको एक हिस्साको रूपमा रहनेछ, जहाँ क्रिकेट प्रेमीहरूले गेममा जोडिन, प्रत्यक्ष अपडेटको रमाइलो लिन, खेलहरूको अनुमान लगाउन र अन्य धेरै कुराहरूको सुविधा प्राप्त गर्न सक्नेछन् ।
दराजको साथ, क्रिकेट प्रेमीहरूले दैनिक रूपमा हुने क्विजहरूमा जोइन भएर क्रिकेट सुपरबट क्विज सेक्सनमा प्रश्नहरूको सही उत्तर दिई नगद पुरस्कारहरू जित्न सक्ने छन् । अक्टोबर महिनाको अन्तिमसम्ममा सर्वाधिक स्कोर जम्मा गर्ने उत्कृष्ठ १० फ्यानहरू विजयी हुनेछन् ।
“हामीले गत वर्षको क्रिकेट फियस्टाको बारेमा धेरै कुराहरू सुनेका मात्र छौँ, त्यसैले भाइबरसँगको साझेदारीमार्फत् नेपाली क्रिकेट प्रेमीहरूका निम्ति खुशी र उत्साह ल्याउन पाउँदा हामी अत्यन्तै हर्षित छौँ । क्रिकेट फ्यानहरूका निम्ति हामीसँग प्रशस्त पुरस्कारहरू छन्, तसर्थ, उनीहरूले स्टेडियमभित्र र बाहिर उत्तिकै रमाइलो अनुभव गर्नेछन् भन्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौँ ।” दराजका पेमेण्ट र पार्टनरशिप प्रमुख अर्जुन फुँयालले बताए ।
फ्यानहरूका निम्ति आकर्षक पुरस्कारहरू जित्ने अर्को सजिलो अवसर हो, प्रेडिक्सनमा सामेल हुनु, जहाँ पहिलो टस देखि टिम स्कोर र म्याचको विजेता देखि सम्पूर्ण खेल कस्तो रहनेछ भन्ने कुराहरूको अनुमान लगाउन सकिनेछ । श्रीलङ्का, नेपाल, बङ्गलादेश र भारतबाट टोर्नामेन्टको अन्त्यसम्ममा सर्वाधिक स्कोर जम्मा गर्ने उत्कृष्ठ ३ फ्यानहरूलाई भाइबरको तर्फबाट विशेष उपहारको व्यवस्था पनि गरिएको छ ।
प्रयोगकर्ताहरूले भर्चुअल क्रिकेट खेलहरू पनि खेल्न सक्छन् र घरमै बसीबसी आरामले रन स्कोर गर्न सक्नेछन् । क्रिकेट विश्वकप अवधिभरका लागि आफ्नो मनपर्ने क्रिकेटरहरू जस्तै महसुस गर्दै क्रिकेट सुपरबटमार्फत् आफूलाई मनपर्ने क्रिकेट खेलाडीजस्तै वास्तविक खेलमा जस्तैगरि ब्याटिङ गर्न सक्नेछन् ।
“गत वर्षको क्रिकेट फियस्टामा हामीले पाएको अपार सफलतासँगै यस वर्षको उत्सवका निम्ति अझ भव्य माहोल सृजना गर्न हामीलाई खासै विचार गरिरहनु परेन । क्रिकेट प्रेमीहरूले गत वर्षको हाम्रो अभियानलाई बडो उत्साह र उर्जाका साथ लिएको हुनाले यस वर्ष क्रिकेट सुपरबटका साथ हामीले अझ भव्य र बृहत्तर बनाउने निर्णय गरेका हौँ । पहिलेदेखि नै लोकप्रिय रहँदै आएका हाम्रा विविध गतिविधिहरूमाझ क्रिकेट सुपरबट अर्को ठूलो उपलब्धी हो । यस वर्षको टोर्नामेन्ट हामीले क्रिकेट च्यानलको साथ मनाउनेछौँ र यसै गरी आगामी वर्षहरूमा पनि मनाइरहने छौँ भन्ने आशा गर्दछौँ ।”, राकुटेन भाइबरमा एसिया प्यासिफिकका लागि सिनियर डाइरेक्टर डेभिड चेले बताए ।
यसका अतिरिक्त, भाइबरको क्रिकेट विश्वकप २०२२ क्याम्पेनमा समावेश गरिएका अन्य फिचर र गतिविधिहरू हुन् —कस्टम लेन्सहरू, स्टिकर प्याक, क्रिकेट भाइब्स च्यानलमा क्रिकेट फिक्सचर र क्रिकेट गफ । फ्यानहरू अब क्रिकट सुपरबटको मज्जा लिन सक्नेछन र यो क्रम यस वर्षको टोर्नामेन्टभरि जारी राख्न सक्नेछन् ।

















इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि करिब २०० अमेरिकी सैनिक घाइते
उपराष्ट्रपतिद्वारा शोक व्यक्त
हत्याको अभियोगमा पक्राउ
नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सय भन्दा बढी घाइते
राष्ट्रपतिद्वारा शोक व्यक्त
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया