क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक भएको छ । सार्वजनिक खेलतालिका अनुसार आजदेखि कात्तिक ६ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रदेशका सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, अछाम, डोटी र दार्चुला छन् । समूह बी मा कैलाली, बैतडी, बझाङ र डडेलधुरा छन् । कैलालीको फाप्ला मैदानमा समूह ‘ए’ का र कञ्चनपुरको कभर्डहल मैदानमा समूह बी का खेल सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । आज कञ्चनपुर र डोटी भिड्दा अर्काे खेलमा कैलाली र बझाङ प्रतिस्पर्धा गर्नेछन् ।
कात्तिक १ गते दार्चुला र डोटी तथा बैतडी र बझाङ, २ गते अछाम र डोटी तथा बैतडी र कैलालीबीच भिडन्त हुनेछ । कात्तिक ३ गते कञ्चनपुर र दार्चुला तथा डडेलधुरा र बझाङ भिड्दा कात्तिक ४ गते अछाम र दार्चुला तथा बैतडी र डडेल्धुरा खेल्नेछन् । कात्तिक ५ गते कञ्चनपुर र अछाम तथा डडेलधुरा र कैलाली आमनेसामने हुने जनाइएको छ ।
दुबै समूहबाट शीर्ष स्थानमा रहने एक एक टोली कात्तिक ६ गते फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । उक्त छनोटमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेशको टोली छनोट गरिनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौँमा हुदैछ ।
















दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
इरान–इजरायल तनाव थप चर्कियो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, आज कतिमा काराेबार हुँदैछ ?
भैरहवामा महिलाको हत्या अभियोगमा किशोर पक्राउ
Four people dead in separate road accidents
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया