आचारसंहिताविपरीत त्रिविले थाल्यो करारमा कर्मचारी भर्ना, निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले निर्वाचन आचारसंहिताविपरीत करार सेवामा कर्मचारी भर्ना थालेको छ । निर्वाचन आचारसंहिता जारी भएपछि नियुक्ति, बढुवा लगायतका काम गर्न नपाइने भए पनि त्रिविले नियम छलेको पाइएको हो ।
निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।
स्पष्टीकरणमा आयोगलाई जानकारी गराई विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगको नियमितपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुने बाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पन आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहिताको व्यवस्था स्मरण गराउँदै ती निकायले सुरु गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो होइन रु भन्ने प्रश्न गरिएको छ । होइन भने प्रक्रियालाई रोक्नु नपर्ने आधार के छ रु भनी आयोगले स्पष्टीकरण सोधेको छ ।
















आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया