सामाजिक सञ्जाल किन प्रयोग गर्दैनन् सैफ अलि खान ? यस्तो रहेछ कारण

मुम्बई । बलिउडमा सेलिब्रेटीहरू आफ्नो व्यावसायिकदेखि निजी जीवनसँग जोडिएका कुराहरू सामाजिक सञ्जालमा अपडेट गरिरहन्छन् । उनीहरू आफ्नो प्रदर्शन हुन लागेको फिल्मको प्रचार पनि उत्तिकै गर्छन् ।
बलिउडमा सैफ अलि खान, रणवीर कपुर जस्ता कलाकार सामाजिक सञ्जाल प्रयोगमा जोड दिँदैनन् । अर्थात् उनीहरू प्रयोग गर्दैनन् । सैफले हालैमात्र सामाजिक सञ्जाल प्रयोग नगर्नुको कारण खुलाए । सैफ सामाजिक सञ्जालमा झुटो कुरा बढी बोल्नुपर्ने भएकाले पनि आफूले कहिल्यै यसको प्रयोग नगरेको खुलाउँछन् ।
‘मैले सामाजिक सञ्जालमार्फत फ्यानमाझ जोडिन प्रयास गरें, तर मैले एउटा पनि सही आइडी भेटिनँ । किनकि मेरो नामबाट पहिले कैयौं किसिमका एकाउन्ट बनिसकेका रहेछन् । सामाजिक सञ्जाल तनावपूर्ण स्थान हो । यहाँ धेरै झुटो कुरा बोल्नुपर्छ । सामाजिक सञ्जालमा अर्को व्यक्तिको तारिफ गर्न दबाब झेल्नु अर्को तनावपूर्ण काम हो’, उनले भनेका छन् ।
सैफले हालै रिलिज फिल्म ‘विक्रम वेधा’मा आफ्नो अभिनयका लागि तारिफ पाएका थिए । फिल्ममा उनी प्रहरी अधिकृतको भूमिकामा थिए । कामको कुरा गर्दा सैफ आगामी वर्ष फिल्म ‘आदिपुरुष’मा प्रभासका साथ देखिँदैछन् । जहाँ उनले रावणको भूमिका निर्वाह गरेका छन् ।









चुनावमा भाग लिने कांग्रेसको निर्णय
अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया