यात्रुले विमान परिचरको औँला टोकिदिएपछि…

जाकार्ता, १ कात्तिक
एउटा अचम्मको घटनामा इन्डोनेसियाको राजधानी जाकार्ताका लागि टर्किस एयरलाइन्सको विमानलाई मादक पदार्थ सेवन गरी उडान परिचरहरूसँग झगडा भएपछि आपतकालीन अवतरण गर्न बाध्य पारिएको छ । उक्त विमान इस्तानबुलबाट जाकार्ताका लागि उडेको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएको घटनाको भिडियोमा एक व्यक्तिले प्लाष्टिक ह्यान्डकफ लगाएका परिचरलाई मुक्का प्रहार र औँला टोकिदिएका थिए ।
जाकार्तामा अवतरण गर्ने तालिका रहेको उक्त विमानलाई मलेसियाको क्वालालम्पुर डाइभर्ट गरेर कउलानामु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । एक्सप्रेसका अनुसार मादक पदार्थ सेवन गरेका ती यात्रुले परिचरको औंला टोकेका थिए । उनलाई उडान परिचारकहरूले आफूलाई शान्त पार्न चेतावनी दिएका थिए । तर, उनले बोर्डमा रहेका स्टाफका एक सदस्यको औंला टोकिदिएका थिए । यसैबीच, कर्मचारीको कार्य कुनै पनि हिसाबले कम्पनीको मूल्य प्रतिबिम्बित नगर्ने टर्किस एयरलाइन्सले जनाएको छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया