आइटिएफ तेक्वान्दोमा ७४ पदकको टुंगो

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा ७४ पदकको टुंगो लागेको छ । आज साँझसम्म भएका खेलमा २५ स्वर्ण, २५ रजत र २४ कास्य पदकको छिनोफानो भएको हो ।
प्रतियोगितामा ११ स्वर्ण, सात रजत र दुई कास्यसहित विभागीय टिम नेपाल आर्मी सबैभन्दा अगाडि छ । प्रतियोगितामा दोस्रो स्थान बनाउँदै गण्डकी प्रदेशले पाँच स्वर्ण, पाँच रजत र एक कास्य पदक जितेको छ । पाँच स्वर्ण, दुई रजत र दुई कास्य पदक लिएर बागमती प्रदेश तेस्रो स्थानमा छ ।
लुम्बिनी प्रदेशले एक स्वर्ण, चार रजत र आठ कास्यपदक हासिल गरेको छ । प्रदेश १ ले दुई स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको छ । विभागीय टिम सशस्त्र प्रहरी बलले पदक तालिकामा एक स्वर्ण, दुई रजत र तीन कास्यपदक बनाएको छ ।
कर्णाली प्रदेशले दुई रजत र दुई कास्य जित्दा विभागीय टिम नेपाल पुलिसले तीन कास्य पदक हात पारेको छ । मधेस र सुदूरपश्चिम प्रदेशले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको छैन ।
प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार मङ्गलबार भएका खेलमा नेपाल आर्मीले चार, गण्डकीले दुई, प्रदेश १ ले दुई, सशत्र प्रहरी बल र लुम्बिनी प्रदेशले एकरएक स्वर्ण जितेका थिए ।
प्रतियोगिताका पुरुष एकल स्पाइरिङ र पुरुष र महिला टिम स्पाइरिङका खेल बुधबार बिहानदेखि खेलाइने आइटिएफ नेपालका महासचिव अञ्जु रावतले जानकारी दिए ।
















चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच छुट सम्झौता
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया