टेबल टेनिसको पुरुष एकलमा स्यान्टूले जिते स्वर्ण
मेरोन्यूज
२०७९ कार्तिक २ गते ११:०३
पोखरा । नेपाल पुलिस क्लबका स्यान्टू श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत टेवल टेनिसको पुरुष एकलमा स्वर्ण जितेका छन् । पोखरामा आज (बुधबार) बिहान भएको फाइनलमा स्यान्टूले एपीएफका रुवेन महर्जनमाथि ४-१ को सेटमा सहज जित निकाले । उनले ११-८, ११-७, ११-९, ६-११ र ११-६ को सेटमा फाइनल जितेका हुन् । नेपाल पुलिसका लागि खेलेका स्यान्टूले नवौं राष्ट्रिय खेलकुदमा जितेको यो तेश्रो स्वर्ण जिते । उनले पुरुष टिम र पुरुष डवल्समा पनि स्वर्ण जितेका थिए ।
२ महिनाअघि अष्ट्रेलिया पुगेका स्यान्टू नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि नेपाल आएका हुन् ।
सम्बन्धित
















पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया