युक्रेनी आक्रमणपछि दबाब सामना गर्दैछ रुस

किभ । युक्रेनमा रुसी सेनाका नयाँ कमाण्डरले मस्कोले केही हप्ताअघि मात्रै कब्जा गरेको दाबी गरेको दक्षिणी र पूर्वी क्षेत्रहरू पुनः प्राप्त गर्न युक्रेनी आक्रमणबाट दबाब सामना गर्नु परेको स्वीकार गरेका छन् ।
युक्रेन आक्रमणको आठ महिनापछि रुसी सेनाका कमाण्डरले यस्तो स्वीकार गरेका हुन् । क्रेमलिनद्वारा स्थापित रणनीतिक दक्षिणी क्षेत्र खेरसनका प्रमुखले मंगलबार डिनिप्रो नदीका चार शहरहरूबाट नागरिकहरूको ‘संगठित, क्रमिक विस्थापन’, घोषणा गरे ।
खेरसनमा रुसी सेनाहरू पछिल्ला केही हप्ताहरूमा २० देखि ३० किलोमिटर पछाडि धकेलिएका छन् ।
पछिल्ला समयमा सेन्य अपरेसनको स्थिति तनावपूर्ण भएको रुसले जनाएको छ । ‘विशेष सैन्य अपरेसन’को क्षेत्रको स्थिति तनावपूर्ण रूपमा वर्णन गर्न सकिन्छ’, रूसी वायुसेना जनरल सर्गेई सुरोविकिनले भने । युक्रेन र रुस दुवैले नागरिकलाई निशाना बनाएको अस्वीकार गर्दै आएका छन्, यद्यपि किभले मस्कोका सेनामाथि युद्ध अपराध गरेको आरोप लगाएका छन् ।एजेन्सी










रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया