भारतले आफ्ना नागरिकलाई भन्यो -युक्रेनको यात्रा नगर्नू

नयाँ दिल्ली । भारतले बुधबार एक एडभाइजरी जारी गर्दै आफ्ना सबै नागरिकहरूलाई युक्रेन यात्रा नगर्न अनुरोध गरेको छ । युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै भारतले यस्तो एडभाइजरी जारी गरेको हो ।
युक्रेनमा रहेको भारतीय दूतावासले आफ्नो ट्वीटर ह्यान्डलमा भन्यो, “बिग्रिएको सुरक्षा अवस्था र युक्रेनमा हालै बढेको शत्रुतालाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई युक्रेन यात्रा नगर्न सल्लाह दिइन्छ । “
आफ्ना नागरिकलाई सचेत गर्दै ट्वीटरमा अगाडि भनिएको छ, ‘हाल युक्रेनमा रहेका विद्यार्थीहरू सहित भारतीय नागरिकहरूलाई उपलब्ध माध्यमबाट चाँडो भन्दा चाँडो युक्रेन छोड्न सल्लाह दिइन्छ,।’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चार युक्रेनी क्षेत्रहरूमा मार्शल ल लागू गरेपछि यो सल्लाह आएको हो
। युद्ध चर्किने सम्भावना बढिरहेका बेला खेर्सनबाट मानिसहरू सुरक्षित क्षेत्रतर्फ बढेका प्राप्त विवरणहरुमा जनाइएको छ ।एजेन्सी
















सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया