त्रिपलजम्पमा शिला र डिल्लीकाे स्वर्ण जित

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको त्रिपलजम्पमा शिला चौधरी र डिल्ली खत्रीले स्वर्ण पदक हात पारेका छन् । पोखरा रङ्गशालामा आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)की शिलाले महिलातर्फको विधामा स्वर्ण पदक जितेकी हुन् । शिलाले ११ दशमलव एक मिटर जम्प गर्दै स्वर्ण पदक हात पारेकी हुन् । नवौँ राष्टिय खेलमा शिलाको यो पहिलो स्वर्ण पदक हो।
सोही स्पर्धामा नेपाल पुलिस क्लबकी सीमा चौधरीले रजत पदक जितिन् । उनले १० दशमलव ७६ मिटर जम्प गर्दै रजत हात पारेकी हुन । त्यसैगरी एपिएफकै खेलाडी रञ्जिता राईले कांस्य पदक हात पारिन् । उनले नौ दशमलव ९१ मिटर जम्प गर्दै कांस्य पदक जितेकी हुन् । सोही स्पर्धाको पुरुषतर्फ डिल्लीले स्वर्ण पदक हात पारे । त्रिभुवन आर्मी क्लबका खेलाडी डिल्लीले १३ दशमलव ९५ मिटर जम्प गर्दै स्वर्ण पदक जितेका हुन्।
सोही स्पर्धामा नेपाल प्रहरीका चन्द्रदेव जोशीले रजत जित्दा बागमती प्रदेशका सुदीप महतोले कांस्य जिते । चन्द्रदेवले १३ दशमलव ५५ मिटर जम्प गर्दै रजत जिते भने सुदीपले १३ दशमलव ४४ मिटर जम्प गर्दै कांस्य पदक हात पारेका हुन्।
















काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच छुट सम्झौता
निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
प्रतिक्रिया