डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप

सिरियास्थित संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ । उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरूपयोग गरेको आरोप लगाएका हुन् ।
एसोसिएटेड प्रेस (एपी)ले प्राप्त गरेको १०० भन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्ल्यूएचओका सिरिया प्रमुखले सिरियाली सरकारका उच्च पदस्थ राजनीतिज्ञहरूसँग सम्झौता गर्न कर्मचारीहरूलाई दबाब दिएकी तथा लगातर गलत ढङ्गले कोष र दाताहरूले दिएको रकम दुरूपयोग गरेको वयान दिएका भेटिएको छ । कर्मचारीहरूले अनुसन्धानकर्ताहरूलाई उनले भ्रष्टाचार गरेको वयान दिएका दस्तावेज एपीले हात पारेको हो ।
म्याग्टिमोभाले उनीमाथि लागेका आरोपबारे जवाफ दिन अस्वीकार गरेकी छन् । आफ्नो पदीय मर्यादाको ख्याल गर्दै उनले जानकारी दिन अस्वीकार गरेकी बताइएको छ । यद्यपि उनले ती आरोपलाई अपमानजनक भनेकी छन् । उनीविरूद्ध १२ जना कर्मचारीले उजुरी गरेका थिए । उजुरीपरेसँगै डब्ल्यूएचओले २० भन्दा बढी अधिकारी खटाएर आन्तरिक अनुसन्धान थालेको छ। उक्त संस्थाले उनीविरूद्धको अरोपको छानबिन भइरहेको र त्यसनिम्ति बाह्य अनुसन्धानकर्ता परिचालन गरेको बताएको छ।











रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
प्रधानमन्त्री कार्कीले भनिन् – दोहोरो दबावमा छु, देश बंगलादेश जस्तो नहोस्
TU’s 51st Convocation: 16,380 students awarded with degrees
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया