समयमा फूल नफुल्दा भारतबाट दुई लाख तयारी माला आयात

काठमाडौँ । धरान आसपासमा यसपटक सयपत्री फूल समयमै नफुलेपछि व्यवसायीले सयपत्रीका तयारी माला भारतबाट भित्र्याएका छन् ।
कोलकाताबाट लाखौँको तयारी माला तिहारअगावै ल्याइएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । ल्याइएका माला व्यावसायीले धरान १३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोर (शितघर)मा भण्डारण गरेका छन् ।
हाल एक लाख ५० हजार माला भण्डार गरिएको र थप ५० हजार माला भारतबाट आउँदै गरेको व्यवसायीले कृषि उपजबजारलाई जानकारी गराएको उल्लेख गर्दै उनले नेपाली बजारको फूलबाट एक लाख ५० हजारको माला आउन सक्ने बताए ।
यो वर्ष नेपालमा फूल फुल्ने समयभन्दा अघि तिहार आएकाले स्थानीय उत्पादनको फूल बजारमा कम आउने भएपछि व्यवसायीले तिहार अगाडि फूलको माला व्यवस्थापन गरेका हुन् ।
उनका अनुसार गत वर्ष एक करोड ६२ लाख फूलको व्यापार भएको थियो । तर, यस वर्ष दुई करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।
‘ती फूलका माला प्रतिगोटा ४०–५० पर्न सक्छ, नेपाल यस क्षेत्रमा समयमै फूल नफुलेकाले ती माला प्रतिगोटा एक सयसम्म पर्न सक्छ,’ भट्टराईले भने ।
तिहार यही कात्तिक ५ गतेदेखि सुरु हुँदै छ । यो वर्षको तिहारलाई स्थानीयबासीले रोपेको फूलले काम नदिएको व्यवसायी विमल थापाले बताए ।
















PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
निर्वाचन सफल पार्न सहयोग गरेकाेमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद
बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया