तुला राशिलाई आजको दिन काम सफल मिल्ने, कस्तो छ तपाईको राशिफल ?

काठमाडौं । आजको पात्रो : कात्तिक ४, शुक्रबार २०७९ । तद्नुसार अक्टोबर महिनाको २१ तारिक २०२२ । कात्तिक कृष्णपक्ष एकादशी, आजको एकादशी रमा एकादशी भनिन्छ ।
एकादशीको व्रत गर्नेहरूले आजको दिन भोजन गरिँदैन । बालव करण, मघा नक्षत्र, चन्द्रमा सिंह राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः०८ मा भएको छ भने सूर्यास्त ५ः३० मा हुनेछ ।
बिहान ११ः२६ देखि १२ः११ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभ कार्य गर्न सकिन्छ । शुक्रबार मनोरन्जन र यात्राका लागि राम्रो मानिन्छ । आजको देवता पार्वती, ग्रहदेव चन्द्र रहेको छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
तपार्इंलाई रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानैं देवालयको दर्शन गरेर काम सुुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापार व्यवसायमा सोचेअनुसार नाफा प्राप्त हुँदा खुसियाली हुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । तपार्इंको मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र आफ्नो दैनिक काम गर्दा मनमा हर्ष उत्पन्न हुनसक्छ । चन्दमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । आजको सदन दिन कष्ट आउनेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । कसैलाई पनि बैरभाव हुने काम नगर्नुहोला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । त्यसैले एकाग्र चित्तले आफ्नो दैनिक काम सम्पादन मात्र गर्नुभयो भने सफलता प्राप्त हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
परिवारका सदस्यबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यले अनावश्यक लान्छना लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आजको दिन तपाईंकै कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । कन्या राशिका जातकले स्त्रीजातिबाट सहयोग प्राप्त हुँदा निराशा हुनुपर्नेछ । आज आम्दानीको धनीराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन शुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । तपाईलाई सफलता हात लाग्नेछ । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
ग्रह बलियो भएका बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन तपाईले शिवालयमा गएर जल अर्पण गर्नुभ यो सोचे अनुसार काम बन्नेछ । शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक कार्यमा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन सफलता मिल्नेछ । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
कामबाट मान सम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएका कामको मूल्याकन हुनेछ । विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको देवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आजको दिन मनमा प्रसन्नता छाउने छ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने विहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापारमा हुनुहुन्छ भने केही हानी हुनसक्ने छ । परिवारमा विवाद हुनसक्छ । मौन रहनु उत्तम हुनेछ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया