निर्वाचमा हुने सुरक्षा व्यवस्थाबारे मानव अधिकार र सुरक्षा निकायबीच छलफल

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि शान्ति सुरक्षाबारेमा राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको छ ।
छलफलमा आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनु पर्नेमा जोड दिए ।
सुरक्षा निकायका प्रमुख प्रतिनिधिले शान्ति सुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउन सक्ने सुरक्षा चुनौती र भइरहेको सुरक्षा तयारीका बारेमा जानकारी गराएका थिए ।
छलफलमा आयोगका कार्यवाहक अध्यक्षका साथै सदस्य मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा, कामु सचिव मुरारिप्रसाद खरेल तथा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्याल एवम् सुरक्षा निकायका अधिकृत तथा आयोगका कर्मचारीको उपस्थिति थियो ।
















राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया