गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय राजभवन, तिनकुने सम्पन्न भएको हो ।
बिहान ११ बजेदेखि १ बजेसम्म शेयर धनीको भौतिक तथा जुममार्फत सभा सम्पन्न भएको छ । साधारणसभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । लेखा परीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारित गरेको हो ।
साथै, सभाले आ.ब २०७७-७८ का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्तावसमेत पारित गरेको छ । सभाले गुराँस लाइफसहित युनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गरेको छ । मर्जरका लागि सञ्चालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।
यसैगरी सभाले मर्जर कार्यका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ दशमलव ४४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्तावलगायतका विविध प्रस्ताव अनुमोदन गरेको छ ।

















काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
यस्तो छ बुधबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
प्रतिक्रिया