सुडानको जातीय द्वन्द्वमा १५० जनाको मृत्यु

खार्तुम । सुडानको दक्षिणमा रहेको ब्लू नाइल राज्यमा पछिल्ला दुई दिनमा जातीय द्वन्द्वमा कम्तीमा १५० जनाको मृत्यु भएको बताइएको छ । हालैका महिनाहरूमा यो लडाइँ सबैभन्दा खराब भएको बताइएको छ। गत हप्ता भूमि विवादपछि प्रतिद्वन्द्वी जातीय समूहहरूबीच हिंसा भड्किएको थियो जसमा एक दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
हिंसा नियन्त्रण गर्न रातभर कर्फ्यू लगाइएको थियो । लागावामा हिंसा बढेको र ब्लू नाइल क्षेत्रमा द्वन्द्वको पुनरुत्थानबाट चिन्तित भएको संयुक्त राष्ट्रसंघले भनेको छ ।
ुसुरक्षासहित स्थानीय समुदायको आवश्यकतालाई प्राथमिकता दिने र द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्ने पूर्ण रूपमा कार्यात्मक विश्वसनीय सरकार बिना दिगो शान्ति सम्भव छैनु, सुडानमा संयुक्त राष्ट्र संघको एकीकृत संक्रमण सहायता मिसनले एक विज्ञप्तिमा भनेको छ ।
सुडानमा गत वर्षको सैन्य विद्रोहपछि राजनीतिक अशान्ति र हिंसा भइरहेको छ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया