इरानको हिजाविरोधी प्रदर्शन अन्य देशमा पनि फैलियो, वर्लिनको ह्यालीमा १ लाख प्रदर्शनकारी सहभागी

तेहरान । जर्मन प्रहरीले इरानमा जारी विरोध प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै बर्लिनमा झण्डै ८० हजार इरानी र उनीहरूका समर्थकहरूले जुलुस निकालेका छन् । जर्मनीको राजधानीमा शनिबारको ¥याली इरानी डायस्पोराद्वारा आयोजित अहिलेसम्मकै सबैभन्दा ठूलो भएको मानिन्छ । युरोपभरका इरानीहरूले ‘महिला, जीवन र स्वतन्त्रता’को नारा लगाएका छन् । इरानमा हिरासतमा एक युवतीको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शन छैठौं हप्तामा प्रवेश गरेको छ ।
राजधानी तेहरानमा १३ सेप्टेम्बरमा हिजाब खुकुलो लगाएको आरोपमा नैतिकतासम्बन्धी पुलिसलले पक्राउ गरेकी २२ वर्षीया महसा अमिनीको हिरासतमै मृत्यु भएको थियो । प्रहरीले उनको टाउकोमा लाठीले कुटेको पीडितका आफन्तले बताउँदै आएका छन, यद्यपि प्रहरीले यसलाई अस्विकार गर्दै युवतीलाई हृदयघात भएको जनाएको छ । उनको मृत्युको विरोध र इरानमा हिजाबविरोधी प्रदर्शनको समर्थनमा शनिबार विभिन्न देशका राजधानी सहरमा प्रदर्शन भएका छन् ।
वर्लिनको ह्यालीमा १ लाख प्रदर्शनकारी सहभागी भएको प्राप्त विवरणमा जनाइएको छ । इरानको शक्तिकाली क्रान्तिकारी गार्डविरुद्ध अझै बढी पश्चिमा प्रतिबन्ध लगाउन उनीहरूले माग गरेका थिए । पश्चिमा देशहरुले इरानी कूटनीतिज्ञहरुलाई देश निकाला गर्नु पर्ने प्रदर्शनकारीले माग गरेका छन् ।एजेन्सी
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया