भक्तपुरबाट लागूऔषधसहित दुईजना पक्राउ

भक्तपुर । भक्तपुरको कमलविनायकबाट लागूऔषध बिक्री वितरण तथा ओसारपसार संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने बर्ष ३३ का रविन तामाङ र सोही स्थानमा घर भई हाल कमलविनायक नै बस्ने वर्ष ३४ की सुस्मिता खड्का रहेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको डेराकोठामा खान्तलासी गरी हेर्दा लागूऔषधसहित चोरी गरी राखिएका मोटरसाइकलको हेल्मेटसमेत फेला पारेकोे जनाएको छ । लागूऔषधसम्बन्धी कसुरमा उनीहरूलाई जिल्ला अदालत भक्तपुरमा पेस गरिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।















‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया