बंगलादेशमा आँधीबाट २८ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

ढाका । बंगलादेशमा ‘सित्राङ’ नामको आँधीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ। सित्राङबाट लाखौँ मानिस प्रभावित भएको बताइएको छ।
आँधीका कारण यहाँका लाखौँ व्यक्ति विद्युतविहीन भएको अधिकारीले बुधबार जानकारी दिएका छन्। उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव बुधबार फेला पारेका थिए। यसपछि सो आँधीबाट ज्यान जानेको सङ्ख्या २८ पुगेको बताइएको छ।
बंगलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ। तर वैज्ञानिकका अनुसार जलवायु परिवर्तनले तिनीलाई अझ तीव्र र बारम्बारको खतरा बनाउँदै छ।
सित्राङ नामक यस आँधी दक्षिणी बंगलादेशमा अवतरण गरेको जनाइएको थियो। त्यसलगत्तै मानिसलाई यसले प्रभावित पारेको हो।
अधिकारीले यस शक्तिशाली आँधी आउनुअघि करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्याउन सफल भएको बताएका थिए।
सो आँधीको गति ८० किलोमिटर ९५५ माइल० प्रति घण्टा रहेको र यसले अझै पनि लाखौँ मानिसको घर रहेको देशको घना जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा विनास गर्ने अनुमान गरिएको छ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया