बुधबार, चैत ४, २०८२

जलस्रोत तथा सिंचाई कार्यालयले १११ वटा योजना निर्माण गर्ने

मेरोन्यूज २०७९ कार्तिक ९ गते १८:५०

लमजुङ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय लमजुङले आर्थिक बर्ष २०७९/०८० मा कार्यालयमा परेका योजनाहरुको निर्माण कार्य सुरु गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यालयका प्रमुख राजेन्द्र भण्डारीका अनुसार यस आर्थिक बर्षमा संघ सरकार र प्रदेश सरकारमार्फत जिल्लाका लागि प्राप्त भएको १ सय ११ वटा योजनाका काम असोजको दोस्रोबाट सुरु गरिएको हो ।

चालु बर्षमा जिल्लामा सिंचाई सम्बन्धी संघ र प्रदेशबाट ६८ वटा योजना र नदी नियन्त्रण सम्बन्धि संघ र प्रदेशबाट ४३ वटा योजनाहरु परेको उनले बताए । उक्त योजनाका लागि संघबाट ६ करोड २५ लाख र प्रदेशबाट ९ करोड ९७ लाख रुपैयाँ गरी कुल १६ करोड २२ लाख बजेट आएको छ । कुल १ सय ११ वटा योजनाका लागि आएको उक्त बजेटलाई योजनाको इस्टेमेट अनुसार बजेट विनियोजन गर्ने कार्यालयले जनाएको छ ।

संघ र प्रदेश सरकारबाट जिल्लामा सिंचाई सम्बन्धि परेका योजनाहरुमा भोर्लेटार सिंचाई योजना, अलैचेफाँट सिंचाई योजना अर्चलबोट, राम्चेफाँट सिंचाई योजना भुजुङ, राईनासटार सिंचाई योजना, सत्रसय सिंचाई योजना भोर्लेटार, मोर्ङी सिंचाई योजना घनपोखरा, नयाँबारी सिंचाई आयोजना राईनास ८ तार्कुघाट रहेको कार्यालयका इन्जिनियर सुजन खड्काले बताए ।

यस्तै फुलिखेत सिंचाई योजना क्व्होलासोंथर गाउँपालिका ६, आलेकुलो सिंचाई दुधपोखरी ४ ताजी, छिनखोला सिंचाई आयोजना मस्र्याङ्दी ७, लामीखेत सिंचाई योजना सुन्दरवजार ३, नर्सलबोटे पिप्ले सिंचाई योजना बेंसीशहर २, खिन्चोक खोला सिंचाई योजना दोर्दी गाउँपालिकालगायत गरी ६८ वटा सिंचाई सम्बन्धी योजनाहरु रहेको उनले बताए ।

यसैगरी संघ र प्रदेश सरकारबाट जिल्लामा नदी नियन्त्रण सम्बन्धि परेका योजनाहरुमा आपतकालीन बाढीपहिरो तथा जलस्रोतसम्बन्धी क्षतिग्रस्त संरचनाहरुको पुर्नस्थापना कार्य, सुनखोला तटबन्ध निर्माण बेंसीशहर ७, खहरेखोला तटबन्ध निर्माण मध्यनेपाल १ र २, दत्तेबाहुनी कुवा नजिक पहिरो नियन्त्रण राईनास ६, फुलबारी ढुंगाफोरुवा बस्ती संरक्षण सुन्दरवजार ९, कोल्की भञ्ज्याङ पहिरो नियन्त्रण दुधपोखरी ५, सिम्लेखेत दाहाल खोला नियन्त्रण राइनास ५, आँसिफाँट बस्ती संरक्षण मध्यनेपाल १०, किरिन्चे खोला नियन्त्रण कार्य सुन्दरवजार ५, डाँडास्वारा पहिरो नियन्त्रण दुधपोखरी २, आपतकालीन बाढीपहिरो नियन्त्रणलगायत गरी ४३ वटा योजना रहेका छन् ।

चालु वर्षका उक्त योजनाहरुमध्ये निर्माण सुरु गरिएको खहरेखोला नियन्त्रण सुन्दरवजार योजनाको काम सम्पन्न भएको इन्जिनियर खड्काले बताए ।

यस्तै कोत्रिया कुलो सिंचाई योजना मध्यनेपाल, आलेकुलो सिंचाई योजना दुधपोखरीको कार्य तीव्र गतिमा अघि बढेको र अन्य योजनाको कार्य पनि सुरु हुने चरणमा रहेको उनले बताए ।

चालु बर्षका योजनाहरुमध्ये संघ तर्फको ४ वटा र प्रदेश तर्फको १३ वटा योजना गत बर्षको रहेको छ ।

कार्यालयले चालु वर्षका योजनाका कार्यहरु असारमसान्तभित्रका सक्ने गरी योजनाहरुको कार्यलाई तिव्र पारेको सिंचाई डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया