चिनियाँ राष्ट्रपति सी जिनफिङको प्रस्ताव : चीन- अमेरिका दुबै देशले मेलमिलापको बाटो खोज्यौं

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट तेस्रो कार्यकालका लागि फेरि निर्वाचित चिनियाँ राष्ट्रपति सी जिनफिङले अमेरिका र चीन दुवैंले मेलमिलापको बाटो खोज्नुपर्ने बताएका छन् ।
विश्व शान्ति र विकासको रक्षा गर्न चीन र अमेरिकाले यस्तो बाटो अबलम्बन गर्नुपर्ने राष्ट्रपति सीले बताएका हुन् । अमेरिका(चीन सम्बन्ध राष्ट्रिय समितिको वार्षिक उत्सवमा बधाइ दिँदै राष्ट्रपति सीले लेखेको पत्रमा त्यस्तो प्रस्ताव राखिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, अमेरिकासँग मिलेर काम गर्न तथा पारस्परिक सम्मान प्रदान गर्न, शान्तिपूर्वक सहअस्तित्वमा रहन चीन इच्छुक रहेको राष्ट्रपति सीले जनाएका छन् । यसो गर्दा दुवै देशका लागि मात्र नभएर विश्वलाई नै फाइदा हुने उनले विश्वास व्यक्त गरेका छन् ।
आजको संसार शान्तिपूर्ण नरहेको भन्दै प्रमुख शक्तिका रूपमा चीन र अमेरिकाबीच सञ्चार र सहयोगलाई सुदृढ बनाउनु आवश्यक रहेको उनको भनाइृ छ ।
साथै दुई प्रमुख शक्तिबीच सम्बन्ध र सहयोगका कारण विश्वव्यापी स्थायित्व र विश्व शान्ति प्रवर्द्धन हुनेमा उनले विश्वास व्यक्त गरेका अन्तराष्टिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।
अमेरिकी अधिकारीहरूको ताइवान भ्रमण, रुस(युक्रेन युद्धलाई लिएर दुई देशहरू तनाव उत्पन्न भईरहेका बेला चिनियाँ राष्ट्रपति सीको यस्तो प्रस्ताव सार्वजनिक भएको हो ।










मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया