चिनियाँ राष्ट्रपति सी जिनफिङको प्रस्ताव : चीन- अमेरिका दुबै देशले मेलमिलापको बाटो खोज्यौं

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट तेस्रो कार्यकालका लागि फेरि निर्वाचित चिनियाँ राष्ट्रपति सी जिनफिङले अमेरिका र चीन दुवैंले मेलमिलापको बाटो खोज्नुपर्ने बताएका छन् ।
विश्व शान्ति र विकासको रक्षा गर्न चीन र अमेरिकाले यस्तो बाटो अबलम्बन गर्नुपर्ने राष्ट्रपति सीले बताएका हुन् । अमेरिका(चीन सम्बन्ध राष्ट्रिय समितिको वार्षिक उत्सवमा बधाइ दिँदै राष्ट्रपति सीले लेखेको पत्रमा त्यस्तो प्रस्ताव राखिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, अमेरिकासँग मिलेर काम गर्न तथा पारस्परिक सम्मान प्रदान गर्न, शान्तिपूर्वक सहअस्तित्वमा रहन चीन इच्छुक रहेको राष्ट्रपति सीले जनाएका छन् । यसो गर्दा दुवै देशका लागि मात्र नभएर विश्वलाई नै फाइदा हुने उनले विश्वास व्यक्त गरेका छन् ।
आजको संसार शान्तिपूर्ण नरहेको भन्दै प्रमुख शक्तिका रूपमा चीन र अमेरिकाबीच सञ्चार र सहयोगलाई सुदृढ बनाउनु आवश्यक रहेको उनको भनाइृ छ ।
साथै दुई प्रमुख शक्तिबीच सम्बन्ध र सहयोगका कारण विश्वव्यापी स्थायित्व र विश्व शान्ति प्रवर्द्धन हुनेमा उनले विश्वास व्यक्त गरेका अन्तराष्टिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।
अमेरिकी अधिकारीहरूको ताइवान भ्रमण, रुस(युक्रेन युद्धलाई लिएर दुई देशहरू तनाव उत्पन्न भईरहेका बेला चिनियाँ राष्ट्रपति सीको यस्तो प्रस्ताव सार्वजनिक भएको हो ।
















नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया