ट्वान्टी–२० विश्वकप : बंगलादेशमाथि दक्षिण अफ्रिकाको शानदार जित

सिड्नी । ट्वान्टी–२० विश्वकप सुपर–१२ ग्रुप–२ मा दक्षिण अफ्रिकाले बिहीबार १ सय ४ रनको शानदार जित निकालेको छ । जिम्बावेविरुद्धको खेल वर्षाले बिथोलिएपछि दक्षिण अफ्रिकालाई नेट रन रेट बढाउने यस्तो जित आवश्यक रहेको थियो । यो जितसँगै दक्षिण अफ्रिकाको दुई खेलबाट तीन अंक मिलेको छ र शीर्ष स्थानमा उक्लेको छ ।
सिड्नी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि रिले रोसीले ब्याटबाट उत्कृष्ट प्रदर्शन गरे र ५६ बलमा १ सय ९ रन बनाए । उनले सात चौका र दुई छक्का प्रहार गरे । यसपल्टको विश्वकपको यो पहिलो शतक हो । उनले क्विन्टन डे ककसँग मिलेर दोस्रो विकेटका लागि कीर्तिमान १ सय ६८ रनको साझेदारी पनि गरे ।
डे ककले ३८ बलमा ६३ रन बनाए । जितका लागि ठूलो लक्ष्य पछ्याएको बंगलादेश १६।३ ओभरमा १ सय १ रन बनाएर अलआउट भयो । लिटन दासले बनाएको ३४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । दक्षिण अफ्रिकी बलरमध्ये एनरिच नोकिएले चार तथा ताब्रिज सम्सीले तीन विकेट लिए । यो हारपछि बंगलादेश दुई अंकबाट दुई अंकमै सीमित रह्यो ।
















निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
प्रतिक्रिया