शुक्रबार, पुष ११, २०८२

अमेरिकी सभामुखको श्रीमानमाथी कुटपिट

मेरोन्यूज २०७९ कार्तिक १२ गते १०:३५

काठमाडौं । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण भएको छ । उनको घरभित्रै पसेर आक्रमणकारीले आक्रमण गरेको हो ।

न्युयोर्क टाइम्सका अनुसार, स्थानीय समयअनुसार शुक्रबार बिहान उज्यालो नहुँदै एकजना पुरूष सान फ्रान्सिस्कोस्थित पेलोसीको तीन तले घरमा पसेका थिए। उनी सभामुख पेलोसी कहाँ छन् भन्दै कराएका थिए।

पछि उनले पेलोसीका श्रीमान् ८२ वर्षीय पउल पेलोसीलाई ह्यामरले आक्रमण गरेका थिए । आक्रमणबाट पउलको टाउको, पाखुर र हात चोट लागेको छ। उनलाई अहिले अस्पतालमा भर्ना गरिएको छ ।

आक्रमणकारी घरभित्र घुसेपछि पउलले बाथरूमबाट आकस्मिक नम्बर ९११ मा कल गरेका थिए।

केहीबेरमा पुगेको प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ। ४२ वर्षीय डेभिड डेपापे नामका ती पुरूषले पेलोसीमाथि किन आक्रमण गरेका हुन् भन्ने खुलिसकेको छैन। प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

पति पउलमाथि आक्रमण हुँदा समामुख पेलोसी वासिङ्टनमा थिइन्। नोभेम्बर ८ मा हुन लागेको मिडटर्म चुनावको केही दिनअघि मात्रै सभामुखका परिवारमाथि भएको यो आक्रमणले अमेरिकी राजनीतिमा तरंग ल्याएको छ।

राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको भत्सर्ना गरेका छन्। विपक्षी रिपब्लिकन पार्टीका हाउस अफ रिप्रिजेन्टेटिभ्स र सिनेटका नेताहरूले पनि आक्रमणको निन्दा गरेका छन्।

प्रतिक्रिया