मंगलबार, माघ १३, २०८२

रसुवाको जिवजिवेबाट काठमाडौंतर्फ गइरहेको बस दुर्घटना

मेरोन्यूज २०७९ कार्तिक १३ गते ८:३४

नुवाकोट । रसुवाको जिवजिवेबाट काठमाडौंतर्फ गइरहेको बस दुर्घटना भएको छ । कालिका गाउँपालिका–३ मा कालिकास्थानमा भएको दुर्घटनामा ९ जना घाइते भएका हुन् ।

घाइतेको नुवाकोट जिल्ला अस्पताल त्रिशूली र काठमाडौको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई कालिकास्थान मुनिको घुम्तीमा दुर्घटना भएको हो । बसमा तिहार मनाएर नुवाकोट र काठमाडौं जांदै गरेका यात्रु रहेको बताइएको छ । प्रहरीले बसका सहचालकलाई नियन्त्रणमा लिएको छ ।

चालक भने दुर्घटनापछि फरार रहेका छन् ।

प्रतिक्रिया