शुक्र अस्त भएका बेला शास्त्रले निषेध गरेका धार्मिक कर्म गर्नेलाई कारबाहीको माग

शुक्र अस्त भएका बेला शास्त्रले निषेध गरेका श्रीमद्भागवतलगायत पुराणवाचन गरिएकामा कारबाहीको माग गर्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा उजुरी आउन थालेको छ । असोज १४ मा अस्त भएको शुक्र मङ्सिर ६ मा उदय हुने समितिले जनाएको छ । गुरु, शुक्र अस्त भएका बेला पुराण वाचनलगायत कुनै कामनाले गर्ने कर्म गर्न नहुने समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा पनि सूचना प्रकाशन गरिएको छ । सूचना विपरीत विभिन्न जिल्लामा मुहूर्तबिना धार्मिक कार्यक्रम आयोजना गरिएको हिन्दू जागरण नेपालले जनाएको छ ।
हिन्दू जागरणले बिना मुहूर्त धार्मिक कार्यक्रम गर्नेको प्रमाणसहित समितिमा उजुरी दर्ता गरेको अध्यक्ष रामकृष्ण उपाध्यायले बताए । यस्तो काम गर्नेलाई समिति गठन आदेश, २०७७ बमोजिम कारबाही गर्न पनि उजुरीमा माग गरिएको छ । हिन्दू जागरणले समितिले स्वीकृति नदिइ प्रकाशन भएका पात्रोलाई पनि कारबाही गर्न माग गरेको छ । समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रोले आफूखुसी मुहूर्त र साइत राख्ने एवम् सोअनुसार काम गर्ने गरिएकाले समिति गठन आदेश बमोजिम कारबाही गर्न माग गरिएको हो । शुक्र उदय भएपछि मङ्सिर १० गतेपछि मात्र यस वर्षको विवाह, व्रतबन्धको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।
समितिमा आएको उजुरीका विषयमा आवश्यक कारबाही गरिने उनले जानकारी दिए। समितिमा थोरै जनशक्ति भएकाले गठन आदेशले दिएका सबै काम गर्न सम्भव नभएको बाइएको छ । विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेश २०७८ साउन १८ गते नेपाल राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा छ । गठन आदेश बमोजिम यस वर्षका पात्रो र भित्तेपात्रो समितिको स्वीकृतिमा मात्र प्रकाशन गर्नुपर्ने व्यवस्था छ । समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारबाही गर्न समितिले कार्यविधि पनि मस्यौदा गरी स्वीकृतिको चरणमा रहेको जनाएको छ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया