सन्दीप लामिछानेको बैंक खातामा कति छ रकम ?
मेरोन्यूज
२०७९ कार्तिक १४ गते १६:०१

काठमाडौँ । नाबालिकलाई बलात्कार गरेको आरोपमा निलम्बित राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको चल अचल सम्पत्ति रोक्का गर्न माग गरिएको छ । सोमबार अदालतमा मुद्दा दर्ता गरिएसँगै उनको चल अचल सम्पत्ति रोक्का गर्न माग गरिएको हो ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार सन्दीपको एनआईसी एसिया बैंक खाताको रकम रोक्का गर्न माग गरिएको छ । यस्तै, उनको नाममा रहेको जग्गासमेत रोक्का हुने भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार सन्दीपको बैंक खातामा जम्मा ६५ हजार २९८ रुपैयाँ रहेको देखिएको छ । उनीविरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कार आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।
सम्बन्धित
















माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
प्रतिक्रिया