इरानमा प्रदर्शनः १ हजार जनालाई अभियोग
तेहरान । इरानमा करिब १ हजार जनालाई सरकारविरोधी प्रदर्शनका सम्बन्धमा अभियोग लगाइएको छ । केही सातादेखि भएको सरकारविरोधी प्रदर्शनले इरानको जनजीवन प्रभावित भएको छ । सुरक्षा गार्डको हत्या र आगजनी सहित “तोडफोडका कार्यहरू“को आरोपमा उनीहरुमाथि मुद्दा चलाइएको थियो ।
सरकारी अधिकारीहरूले राष्ट्रव्यापी रूपमा कति जनालाई गिरफ्तार गरेका छन् भन्ने खुलाएका छैनन्, तर अधिकारकर्मीहरूले कुल १४ हजार जनालाई पक्राउ गरिएको दाबी गरेका छन् ।
सुरक्षाकर्मीले हत्या गरेका दुई किशोर प्रदर्शनकारीलाई उत्तरपूर्वी इरानमा गाडिएपछि अधिकारकर्मीहरुको यस्तो घोषणा आएको हो । कुर्दिश मानवअधिकार समूह हेंगाका अनुसार १६ वर्षीय कुमार दारोफ्तेहलाई पिरानशहर सहरमा भएको प्रदर्शनमा नजिकैबाट गोली प्रहार गरिएको थियो र आइतवार राति अस्पतालमा उनको मृत्यु भएको थियो । सोमबार उनको अन्त्येष्टिमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । दक्षिणमा सनन्दज सहरमा अर्को भीड १६ वर्षीय सरिना साईदीको अन्तेष्टिमा भेला भएको थियो । उनको पनि सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको प्रदर्शनकारीले बताएका छन् । तर, सरिनाका बुबाले सुरक्षा बललाई जोगाउन उनको मृत्यु आत्महत्याका कारण भएको भन्न बाध्य पारेका थिए । एजेन्सी











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया