सिप्रदीको टाटा प्रोटेक्टको थप सेवा तथा सुविधा विस्तार

काठमाडौँ । ग्राहकलाई पूर्ण सुरक्षाको प्रत्याभूती प्रदान गर्ने उद्देश्यले सन् २०१९ मा शुभारम्भ गरेको टाटा प्रोटेक्ट थप सेवा तथा सुविधासहित टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ल्याएकोे छ । ०७९ कार्तिक १५ गते एक विशेष कार्यक्रमको आयोजना गरी टाटा प्रोटेक्टअन्तर्गतका थप सेवा तथा सुविधाको शुभारम्भ गरेको हो ।
त्यस अवसरमा सिप्रदीका प्रमूख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त प्रमुख व्यवसायिक लक्ष्य विकासशील आवश्यक्ताको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरु प्रदान गर्नु बताए । ग्राहकहरुको आकांक्ष बमोजिम टाटा प्रोटेक्टअन्तर्गतका सेवा तथा सुविधाले ग्राहकलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्ने र ग्रहकलाई ढुक्क भई आफ्नो व्यवसायमा ध्यान केन्दि«त गर्न सहयोग पुग्ने कुरामा विश्वस्त रहेको उनको दाबी थियो ।
त्यसै गरी टाटा मोटर्स का उपाध्यक्ष, इन्टरनेसनल विजनेस एण्ड स्ट्राटेजी, कमर्सियल भेइकल विजनेस अनुराग मेल्होत्राले टाटा मोर्टस आफ्ना ग्राहकहरुलाई विश्व स्तरीय सेवा र सन्तुष्टि दिने बताए । टाटा प्रोटेक्टका विस्तारित सेवा तथा सुविधाले गाडीको अपटाइम उच्च राख्ने, ग्रहकहरुको नाफामा समेत वृद्धि हुने र ग्राहकले तनावमुक्त सेवा तथा सुविधाको मजा लिने कुरामा विश्वस्त रहेको उनको भनाइ थियो ।
टाटा प्रोटेक्टअन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्यूइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पि, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन् । उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेछन् ।
मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, ए.एम.सी सेवा रहेका छन् जसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कंपनीले लिनेछ । टाटा जेन्यूइन पर्टस्अन्तर्गत सिप्रदी वर्कशपमा फेरीएका स्पेयर पार्टस्हरुमा ६ महिना वा ५० हजार किमीसम्मको वारेन्टी सुविधा रहेको छ ।
एक्सप्रेस सेवाअन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ । नभएमा क्षतिपूर्तीको ब्यवस्था कम्पनीले गर्नेछ ।

















PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
निर्वाचन सफल पार्न सहयोग गरेकाेमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद
बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया