लिभरपुल समूह उपविजेता
मेरोन्यूज
२०७९ कार्तिक १६ गते ९:४५

काठमाडौं । साविक उपविजेता लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलको समूह ए उपविजेता बन्दै शीर्ष १६ मा स्थान बनाएको छ । मंगलबार राति नापोलीलाई २–० ले पराजित गर्दै लिभरपुल प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो । पराजित नापोली शीर्षस्थानमा रह्यो ।
राति नै भएको खेलमा आयाक्सले रेन्जर्सलाई ३–१ ले पराजित गर्यो । यस खेलसँगै समूह ए बाट समान अंक भएपनि नापोली ६ खेलबाट १५ अंक सहित शीर्षस्थानमा रह्यो । समान अंकको लिभरपुल दोस्रो स्थानमा रह्यो । ६ अंक जोडेको आयाक्स र विना अंकको रेन्जर्स समूह चरणबाट माथि बढ्न सकेनन् ।
समूह चरणको अन्तिम खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र डार्विन नुनेजले एक एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । सलाहले ८५औं मिनेटमा अग्रता दिलाएका थिए । नुनेजले इन्जुरी समयको आठौं मिनेटमा गोल गरेका थिए ।
सम्बन्धित
















मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
प्रतिक्रिया