दिउँसो ज्याला मजदुरी, राति अध्ययन

विराटनगर–२ मा रहेको श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा सम्भ्रान्त परिवारका विद्यार्थी अध्ययन गर्दैनन् । दिउँसो ज्याला मजदुरी गरेर पेट पाल्ने, घरमा घरेलु कामदारको रूपमा काम गर्ने र उद्योगमा मजदुरको रूपमा काम गर्नेहरू नै यस विद्यालयका विद्यार्थी हुन् ।
विद्यालयमा साँझ पाँच बजेदेखि रातिको नौ बजेसम्म पठन पाठन हुने गरेको छ । कक्षा पाँचदेखि १० सम्म पढाइ हुने योे रात्रि विद्यालयमा अधिकांश विद्यार्थी १६ वर्षदेखि माथि ५५ वर्षसम्मका छन् । चौहत्तर जना विद्यार्थी रहेको यो विद्यालयमा ४६ वर्षीया रीना लिम्बू कक्षा १० अध्ययनरत हुनुहुन्छ ।
लिम्बूका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा कतारमा हुनुहुन्छ । लिम्बूले दिउँसो सानोतिनो काम गर्नु हुन्छ भने छोराछोरीको स्याहार सुसार गर्नुपर्ने बाध्यता पनि छ । विराटनगर–४ खारजी बस्ने लिम्बूको पढ्ने सोखमा भने कुनै कमी आएन । सङ्खुवासभाको चैनपुरबाट विवाह भई २०५२ सालमा बसाइँ सराइ गरी विराटनगर आएपछि लिम्बूले अध्ययनलाई अगाडि बढाउन पाउनु भएन । तर दुई वर्षअघि लिम्बूलाई पुनः पढ्ने रहर चढ्यो र यस रात्रि विद्यालयमा कक्षा ८ मा भर्ना हुनुभयो । लिम्बुले उच्च शिक्षा हासिल गर्ने मन बनाउनुभएको छ ।
रात्रि विद्यालयमा कतिपयले भर्ना लिएपनि विभिन्न समस्या र बाध्यताका कारण बीचैमा अध्ययन छाड्ने गरेको विद्यालयकी प्राचार्य दुर्गा निरौलाले बताउनुभयो । उहाँका अनुसार फुर्सत पाएपछि श्रमिक महिला र पुरूषहरू रातको समयमा विद्यालयमा पढ्न आउने गर्छन् । रात्रि विद्यालयमा पढेका विद्यार्थी कोही सरकारी कर्मचारी भएको र कोही सशस्त्र प्रहरीमा भर्ना भई कैयौँका लागि प्रेरणाको स्रोत बनेको प्राचार्य निरौलाले बताउनुभयो ।
रात्रि विद्यालयका समस्या पनि प्रशस्तै छन् । विद्यालयमा चौकीदारको व्यवस्था नहुँदा रातको समयमा असामाजिक तत्वले बाधा पु¥याउने खतरा उत्तिकै छ । एक त विद्यालयमा बत्ती पुगेको छैन, त्यसमाथि भएको इन्भर्टर पनि बिग्रिँदा विद्युत् अवरोध भए असमयमा नै विदा दिनु पर्ने अवस्था छ । विद्यालयसँग आफ्नै सवारी साधन नहुँदा महिला विद्यार्थी र शिक्षक कर्मचारीलाई रातको समयमा रात्रि विद्यालय आउजाउ गर्न सकस छ ।
सहायक प्राचार्य खुशीराज गौतमले दिउँसो कामको कारण पढ्न नपाएकाहरूका लागि विद्यालयले रातको समयमा पढ्ने अवसर जुराइदिएको बताउनुभयो । खाने मुखलाई जुँगाले छेक्न सक्दैन भने झैँ इच्छा भए रातको समयमा पनि विद्या प्रदान गर्न यो विद्यालय २०१५ सालदेखि अडिग छ ।
















नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्युएए’
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया