चीनले आफ्नो बजार सबै माझ सार्वजनिक गर्ने
मेरोन्यूज
२०७९ कार्तिक १८ गते १८:४३
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार प्राप्त अवसरहरू सबैसँग पुर्याउँन चीनले सबै देश र पक्षसँग मिलेर काम गर्ने बताएका छन् ।
पाँचौं चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त टिप्पणी गरेका हुन् ।
‘हामी बलियो घरेलु बजारको विकास गर्ने, वस्तुको व्यापारलाई स्तरोन्नति गर्ने, सेवाको व्यापारका लागि नयाँ संयन्त्रको विकास गर्ने र गुणस्तरीय वस्तुहरू आयात गर्ने प्रयासलाई थप तीव्र पार्ने छौं,’ सीले भने ।
सिल्क रोड ई कमर्स सहकार्यका लागि पाइलट जोन स्थापना गर्ने र सेवामा व्यापारको नवीन विकासका लागि राष्ट्रिय प्रदर्शन क्षेत्र निर्माण गर्ने, व्यापारमा नवप्रवर्तनलाई प्रोत्साहित गर्न र उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहकार्यलाई प्रबर्द्धन गर्न प्रयास गरिने पनि उनले बताए ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया