नेपाल बैंक दुहबी शाखाको नवनिर्मित भवन उद्घाटन

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले दुहबी शाखाको भवन निर्माण भएको छ । बैंकले अव देखि आफ्नै भबनबाट सेवा सुरु गरेको छ । नवनिर्मित भवनको उदघाटन नगरपालिकाका मेयर बेदनारायण गच्छेदारले गरेका थिए ।
नेपाल बैंक दुहबी शाखाका शाखा प्रबन्धक राम भुषण सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा दुहबी नगरपालिकाका प्रमुख (मेयर) श्री वेद नारायण गच्छदार, विशिष्ट अतिथि मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा.दिननाथ फुयाल तथा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं. १ का प्रमुख मुख्य प्रबन्धक सुर्य प्रकाश भट्टको उपस्थितीमा भवनको समुदघाटन गरिएको बैंकले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
कार्यक्रममा नेपाल बैंक लिमिटेड सि.अ.विराटनगर, ईटहरी, वजारअड्डा, विराटचोक, धरान, झुम्का,मिल्स एरिया, टंकिसिनवारी शाखाका शाखा प्रबन्धकहरुको समेत उपस्थिति रहेको थियो । त्यस्तै, नेपाल बैंक लिमिटेडका ग्राहकहरु, दुहबी उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, उद्योगी व्यवसायी तथा दुहबी शाखाका कर्मचारीहरुको उपस्थिति रहेको बैंकले जनाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख (मेयर) श्री वेद नारायण गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेको जल्दाबल्दा विषयको बारेमा चर्चा गरेका थिए । उनले नयाँ भवन मार्फत बैंकले सेवाग्राहीहरुमा अझ उत्कृष्ट सेवा प्रदान गर्नको लागि शुभकामना समेत ब्यक्त गरेका थिए ।
नेपाल बैंक १ नं. प्रदेश कार्यालयका प्रमुख सुर्य प्रकाश भट्टले बैंकले हाल उपलब्ध गराएको सेवा सुविधा नेपाली बैंकहरुमा प्रतिस्पर्धी रहेको भन्दैं छिटो, छरितो तथा अब्बल सेवाप्रवाह बैंकले गर्ने प्रतिबद्धता जनाएका थिए ।

















लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
सांसदहरूलाई रविको चेतावनी – ‘राइट टु रिकल’को व्यवस्था कडाइका साथ लागू हुन्छ
पुराना दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ दिन पनि कुर्नेवाला छैनन् : सभापति लामिछाने
स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
प्रतिक्रिया