बीमा समिति आजदेखि औपचारिक रुपमा नेपाल बीमा प्राधिकरणमा रुपान्तरण

काठमाडौं । नेपाल बीमा समिति आज (मंगलवार) देखि औपचारिक रुपमा नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ । मंगलवार कुपण्डोलस्थित पुरानो बीमा समितिको भवनमा नेपाल बीमा प्राधिकरणको औपचारिक रूपमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ कार्यालयको बोर्ड अनावरण गरेर शुरूवात गरेहका हुन् ।
नेपाल सरकारले ल्याएको नयाँ बीमा ऐन २०७९ आजबाट कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । गत भदौ अन्तिममा संघीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानूनी प्रावधानअनुसार बीमा ऐन मंगलवारबाट लागू भएसँगै बीमा समिति प्राधिकरणमा रूपान्तरण भएको प्राधिकरणका अध्यक्ष सिलवालले बताए । उनले नयाँ बीमा ऐनले बीमा ऐन २०४९ ले पूरा गर्न नसकेको कामलाई पूरा गर्नसक्ने बताए ।
अध्यक्ष सिलवालले बीमाको बजार,जोखिमको मात्रा र बीमा कारोबारका प्रवृत्तिहरु बढ्दै गएकाले अबको बीमा बजार बीमा ऐन २०४९ ले धान्ने बजार नभएको बताए । उनले आर्थिक रुपले सुरक्षा प्राधान गर्ने बीमा भएकाले नयाँ बीमा ऐनले आर्थिक सुरक्षा गर्नको लागि धेरै नयाँ माध्यमहरु दिएको बताए । अध्यक्ष सिलवालले सरकारलाई बीमाका विषयमा बीमा प्राधिकरणले मात्रै सल्लाह दिने गरेको बताए । अध्यक्ष सिलवालले अब बीमा क्षेत्रको स्वायत्त निकाय प्राधिकरणबाट नै सिंगो बीमा क्षेत्रको नियमन गरिने बताए ।
अध्यक्ष सिलवालले बीमा क्षेत्रमा धेरै समस्या रहेकाले सरकारले बीमाका समस्या समाधानका लागि सहयोग गर्ने आशा रहेको बताए । उनले बीमा समितिबाट मर्जरको लागि स्वीकृत पाएका कम्पनीहरुले माघ महिनाभित्र मर्जर गर्नुपर्ने पनि बताए । आजबाट बीमा समितिले गर्ने सबै काम कारवाहीहरु बीमा प्राधिकरणको नामबाट हुनेछ । यसअघि बीमा समितिले गरेको काम कारवाही समेत नयाँ बनेको प्राधिकरणले स्वामित्व गर्नेछ ।

















विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
एन्फाले स्थगित गर्याे राष्ट्रिय लिग
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया