राखी सावन्त र वकिलविरुद्ध एफआईआर दर्ता

मुम्बई । बलिउडकी विवादास्पद कलाकार राखी सावन्त र उनका वकिलविरुद्ध एफआईआर दर्ता भएको छ । राखी र वकिल फाल्गुनी ब्रह्मभट्टविरुद्ध अभिनेत्री शर्लिन चोपडाले गम्भीर आरोप लगाउँदै एफआईआर दर्ता गराएकी हुन् ।
शर्लिनले राखी र वकिलविरुद्ध अपमानजनक भाषाको प्रयोग गरेको भन्दै एफआईआर दर्ता गराएकी हुन् । मुम्बई प्रहरीका अनुसार दुईविरुद्ध आईपीसी र आईटी एक्टको विभिन्न शाखाअनुसार मामला दर्ता गरिएको हो । एक पत्रकार सम्मेलनमा राखी र उनका वकिलले एक आपत्तिजनक भिडियो देखाएर आफूमाथि आपत्तिजनक भाषाको प्रयोग गरेको शर्लिनको आरोप छ ।
शर्लिनले मीटूको आरोपी साजिद खानले बिग बोसमा प्रवेश पाएको विषयलाई लिएर आपत्ति जनाएपछि राखीसँग उनको विवाद चुलिएको थियो । राखी साजिदको समर्थक हुन् । उनले साजिदको पक्षमा बोल्दै शर्लिनको विरोध गरेकी थिइन् ।
राखीले शर्लिनलाई ‘पोर्नस्टार’ बताउँदै दिनदिनै जोकोहीलाई आरोप लगाउने काम शर्लिनले गरेको दाबी गरेकी थिइन् । यता शर्लिनले भने राखीलाई प्रेमी र पति बदल्ने महिला भन्दै आरोप लगाएकी थिइन् ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया