राखी सावन्त र वकिलविरुद्ध एफआईआर दर्ता

मुम्बई । बलिउडकी विवादास्पद कलाकार राखी सावन्त र उनका वकिलविरुद्ध एफआईआर दर्ता भएको छ । राखी र वकिल फाल्गुनी ब्रह्मभट्टविरुद्ध अभिनेत्री शर्लिन चोपडाले गम्भीर आरोप लगाउँदै एफआईआर दर्ता गराएकी हुन् ।
शर्लिनले राखी र वकिलविरुद्ध अपमानजनक भाषाको प्रयोग गरेको भन्दै एफआईआर दर्ता गराएकी हुन् । मुम्बई प्रहरीका अनुसार दुईविरुद्ध आईपीसी र आईटी एक्टको विभिन्न शाखाअनुसार मामला दर्ता गरिएको हो । एक पत्रकार सम्मेलनमा राखी र उनका वकिलले एक आपत्तिजनक भिडियो देखाएर आफूमाथि आपत्तिजनक भाषाको प्रयोग गरेको शर्लिनको आरोप छ ।
शर्लिनले मीटूको आरोपी साजिद खानले बिग बोसमा प्रवेश पाएको विषयलाई लिएर आपत्ति जनाएपछि राखीसँग उनको विवाद चुलिएको थियो । राखी साजिदको समर्थक हुन् । उनले साजिदको पक्षमा बोल्दै शर्लिनको विरोध गरेकी थिइन् ।
राखीले शर्लिनलाई ‘पोर्नस्टार’ बताउँदै दिनदिनै जोकोहीलाई आरोप लगाउने काम शर्लिनले गरेको दाबी गरेकी थिइन् । यता शर्लिनले भने राखीलाई प्रेमी र पति बदल्ने महिला भन्दै आरोप लगाएकी थिइन् ।
















कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया