सेयर बजार आज पनि २३.५२ अंकले घट्यो

काठमाडौं । सेयर बजार बिहीबार २३.५२ अंक (१.२३ प्रतिशत)ले घटेको छ । बुधबार २ प्रतिशतले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार २३.५२ अंकले घटेर (८९.७) विन्दुमा पुगेर रोकिएको छ ।
सबै समूहको सेयर बजार घटेर राताम्मै भएकोमा माइक्रोफाइनान्स ५०.५७, जीवन बिमा ६९.७७, विकास बैंक ४८.१, हाइड्रो पावर ४१.१८, होटल तथा पर्यटन २८.२, अन्य ३३.५७ ले घटेको छ ।
ट्रेडिङ २१.७८, निर्जीवन बिमा ८८.५४ अंकले ओरालो लागेको छ । १८५ कम्पनीको कारोबार हुँदा १३ कम्पनीमा मात्र सुधार आएको र १७१ कम्पनीमा भने आरालो लागे र एक कम्पनी मात्र स्थिर रहेको छ ।
नेपाल स्कट एक्सचेन्जका अनुसार ३१ लाख १४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ बढीमामा कारोबार भएको छ ।
सबैभन्दा धेरै शिभम सिमेन्ट १० करोड २२ लाख ३५ हजार बढी रुपैयाँको सेयर किनबेच भयो । मन्दाकीनी हाइड्रोपावरको सेयर ३.९२ प्रतिशतले, सिन्धु विकास बैंकको २।७७ प्रतिशत घटेको छ।
















मुआब्जा विवादले रेल्वेको काम रोकियो
कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया