क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव

काठमाडौं । ‘ब्लड क्यान्सर’ पीडित खोटाङको बराहपोखरी गाउँपालिका–१ गहतेका आठ वर्षीय कौशल थापाको उपचारमा अर्थाभाव भएको छ । क्यान्सर लागेको थाहा पाएपछि कान्ति बाल अस्पताल काठमाडौँमा दुई महिनादेखि उपचाररत कौशलको थप उपचारमा अर्थाभाव भएको हो ।
किमोथेरापीबाट उपचार भइरहेको छोराको उपचारका क्रममा हालसम्म रु पाँच लाखभन्दा बढी खर्च भइसकेको बुवा सुशील थापाले बताए। “छोरा बिरामी परेपछि विदेशमा कमाइ गर्दागर्दै उसको उपचार गर्न घर फर्किएँ”, उनले भने, “क्यान्सर गम्भीर रोग भएका कारण उपचारमा ठूलो खर्च लाग्ने रहेछ । आफूले कमाएको पैसा पनि त्यसैमा सकियो । छोराको ज्यान बचाउन अहिले सबैसँग अपिल गरिरहेका छौँ ।”
उपचारमा संलग्न चिकित्सकले दुई–तीन वर्षसम्म पनि निरन्तर उपचार गर्नुपर्ने अवस्था हुनसक्ने बताएका छन् । तर, कुनै आयस्रोत नभएपछि सहयोगको याचना गरेका उनले बताए। “तपाईँहरूले गर्ने सानो सहयोगले मेरो छोराको ज्यान बच्छ”, आर्थिक सहयोगको याचना गर्दै सुशीलले भने, “अप्ठ्यारोमा त हो सबैको सहयोग चाहिने । मानवीय सहयोग गरेर पुण्य कमाउने अवसर पनि हो यो । भोलि जो–कोहीलाई यस्तो समस्या पर्न सक्छ ।”
















भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
प्रतिक्रिया