खड्गी इन्स्टिच्युटले मिर्गौला पत्थरी र प्रोस्टेटका बिरामीको निःशुल्क शल्यक्रिया शिविर गर्दै

ललितपुर । ललितपुरको कुपण्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले आरुस लाइफस्टाइल अस्पताल तथा रेडक्रस सोसाइटी अफ कुवेतसँगको सहकार्यमा मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि निःशुल्क शल्यक्रिया शिविर आयोजना गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी आगामी पुस १४ देखि १६ गतेसम्म तीन दिन एकैपटक ४० जनाको मिर्गौला पत्थरी र प्रोस्टेट ग्रन्थीका विपन्न बिरामीको लागि निःशुल्क शिविर आयोजना गर्न लागिएको इन्स्टिच्युटका प्रबन्ध निर्देशक तथा कन्सल्टेन्ट युरोलोजिस्ट डा. संजय खड्गीले जानकारी दिए ।
उनले कसैले पनि उपचार सेवा नपाएर ज्यान गुमाउन नपरोस भनेर आर्थिक अवस्था कमजोर भएका बिरामीकै लागि निःशुल्क शल्यक्रिया शिविरको आयोजना गर्न लागिएको बताए । उनले भने, ‘पत्थरी शल्यक्रियाका लागि मिनी पीसीएनएल विधि र प्रोस्टेट ग्रन्थीका लागि बाइपोलार टर्भ विधिबाट बिरामीमा ठूलो चिरफार नगरी अत्याधुनिक प्रविधिबाट शल्यक्रिया गरिने छ ।’
शिविरबाट ४० जना विपन्न वर्गका बिरामीले निःशुल्क शल्यक्रिया सेवा पाउने छन् । खड्गी इन्स्टिच्युटले यसअघि पनि विपन्न वर्गका बिरामीका लागि निःशुल्क शल्यक्रिया गर्दै आएको छ । यस्तै, आफ्नो स्थापना कालदेखि हरेक महिना ४ जना विपन्न बिरामीको अत्यन्त कम शुल्कमा शल्यक्रिया गर्दै आएको छ ।
यो एक वर्षमा आफूहरुले एक हजार ४४० जना बिरामीको मेजर र माइनर गरी शल्यक्रिया गरेको र त्यसमध्ये २८ जनाको पूर्ण निःशुल्क र ७५ जनाको अत्यन्त कम शुल्कमा शल्यक्रिया सेवा दिएको जानकारी दिएका थिए ।
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहता















ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया