निर्वाचनमा सीमा सुरक्षाबारे बैठक सम्पन्न
काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनका सन्दर्भमा शान्ति सुरक्षाको विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठक आज सम्पन्न भएको छ ।
भारतको अररिया जिल्लाअन्तर्गत जोगबनीको आइसिपीमा सम्पन्न बैठकमा मोरङका प्रमुख जिल्ला अधिकरी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, प्रहरी उपरीक्षक शान्तिराज कोइराला, सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछाने, राष्ट्रिय अनुन्धानका उपनिर्देशक वासुदेव सिग्देल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाई तथा भारतका तर्फबाट अररियाका डिएम इनायक खानसहित एसपी र सीमाका एसएसपी प्रमुखको सहभागिता रहेको थियो ।
नेपालमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई भयरहित, स्वतन्त्र एवं मर्यादित बनाउन मतदानको दिनभन्दा अगाडि ७२ घण्टा सीमा बन्द गर्ने, लागुऔषध ओसारपसारमा नियन्त्रण गर्ने, दुवै देशले आपराधिक गतिविधिको सूचना आदानप्रदान गर्ने तथा संयुक्तरुपमा दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा गस्ती गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
उनले सो अवधिमा एम्बुलेन्स आवतजावत गर्न र विवाह भएमा संयुक्त रुपमा समझदारीमा पास दिने निर्णय पनि भएको जानकारी दिए । बैठकमा भारतको बथनहास्थित मीरगञ्ज पुलका विषयमा पनि चर्चा भएको र सो पुलको ९० प्रतिशत काम सम्पन्न भइसकेकाले आगामी महिना पुल सञ्चालनमा ल्याउने परिपत्र आएको जानकारी डिएम खानले दिएका थिए ।
बैठकमा नेपाली पक्षले लागुऔषधको ओसारप्रसार नियन्त्रण तथा रोकथामका विषयमा छलफलमा ल्याएको थियो भने भारतीय पक्षले नेपाली बजारबाट भारत जाने अवैध रक्सी पूर्णरुपमा नियन्त्रण हुनुपर्ने भनाइ राखेको प्रजिअ दाहालले बताए ।
















इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
HoR Election: Election activities ramp up in Parbat’s rural regions
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया