जुहीसँग विवाह गर्न चाहन्थे सलमान

मुम्बई । सन् ८० र ९० को दशककी अभिनेत्री जुही चावला आज आइतबार ५५ औं जन्मोत्सव मनाउदैछिन् । मोडलिङमा चर्चा बटुलेपछि जुही बलिउडमा आएकी थिइन् । उनले सन् १९८७ मा रिलिज फिल्म ‘सल्तनत’बाट डेब्यू गरकेी थिइन् । यसपछि उनले बलिउडमा ‘डर’, ‘दीवाना मस्ताना’, ‘इश्क’, ‘कयामत से कयामत तक’ जता हिट फिल्म दिइन् । उनले सन् १९९५ मा व्यापारी जय मेहतासँग गुपचुप विवाह गरिन् । तर, सायद कमैलाई थाहा होला कि जुहीलाई सलमान खान विवाह गर्न चाहन्थे ।
सलमान हिन्दी फिल्मको मस्ट एलिजिबल ब्याचलर हुन् । उनी आजसम्म पनि सिंगल छन् । कुनै समय उनी जुहीको प्रेमी थिए । उनी जुहीसँग विवाह गर्न तयार थिए । तर जुहीका पिताले सलमानको प्रस्तावलाई अस्वीकार गरेपछि विवाह हुन सकेन ।
सलमान जुहीलाई यति धेरै मनपराउँथे कि उनी जुहीको हात माग्न जुहीका पितालाई भेट्न गए । तर जुहीको पिताले सलमानको प्रस्तावलाई अस्वीकार गरे । ‘जुही निकै प्यारी छिन् । मैले उनको पितालाई के तपाईं जुहीको मसँग विवाह गरिदिनुहुन्छ ? भनेर सोधेको थिएँ । तर उहाँले अस्वीकार गर्नुभयो । शायद उहाँलाई म मन परिनँ होला । उहाँलाई कस्तो केटा चाहिएको थियो, मलाई थाहा भएन’, सलमानले भनेका छन् ।
जुहीले आफ्नो करियर उच्च स्तरमा पुगेको समयमा जय मेहतासँग सन् १९९५ मा विवाह गरेकी थिइन् । जय र जुहीको पहिलो भेट राकेश रोशनले गराएका थिए । त्यसपछि उनीहरु नजिकिए । जुहीले ६ वर्षसम्म आफ्नो विवाहलाई लुकाएर राखिन् । जब उनी पहिलोपटक गर्भवती भइन्, अनि मात्र उनले विवाह गरेको खुलासा भएको थियो । एजेन्सी
















इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
Twenty-six injured in bus accident
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया