अमेरिकामा मध्यावधि निर्वाचनः सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत

न्युयोर्क । निर्णायक राज्य नेभाडामा चुनाव जितेर डेमोक्र्याटिक पार्टीले अमेरिकी सिनेटमा बहुमत हाँसिल गरेको छ । रिपब्लिकनहरूले पार्टीको खराब प्रदर्शनको लागि डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् । नेभाडामा क्याथरिन कोर्टेज मास्टोको जितसँगै डेमोक्र्याटिक पार्टीले सिनेटमा ५० सिटसहित बहुमत जुटाउने भएको हो । कोर्टेज मास्टोका प्रतिद्वन्द्वी एडम लाक्साल्टलाई ट्रम्पले समर्थन गरेका थिए । ट्रम्पले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार दिने बताएका छन् ।
नतिजाले डेमोक्र्याटलाई रिपब्लिकन भन्दा एक सिट अगाडि राखेको छ । जर्जिया सिनेट सिटको निर्वाचन भने डिसेम्बरमा हुनेछ । । माथिल्लो सदनमा आफ्नो पार्टीको विजयले आफू ‘अपत्यारिलो ढंगले’ खुसी भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
तर, रिपब्लिकनले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमतनजिक छन्, जुन राष्ट्रपतिका लागि ठूलो धक्का हो ।एजेन्सी


















ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
रास्वपा केन्द्रीय समिति बैठकका यस्ता छन् एजेन्डा
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया