बुधबार, चैत ४, २०८२

नेपालीले तीन महिनामा लगाए ५५ करोडभन्दा बढीको सारी, लुङ्गी र धोती

मेरोन्यूज २०७९ कार्तिक २८ गते ९:२१


काठमाडौं ।  चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ५५ करोड रुपैयाँभन्दा बढीको सारी, लुङ्गी र धोती आयात गरेको छ । 

Advertisement
nepal life insurencenepal life insurence

२०७९ सालको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको सारी, लुङ्गी र धोती आयात गरेको हो । 

भन्सार विभागका अनुसार सो अवधिमा नेपालले कुल ५५ करोड ३ लाख ९९ हजार रुपैयाँको सारी, लुङ्गी र धोती आयात गरेको छ । सो मुल्यमा १३ लाख ७६ हजार ५२० थान सारी, लुङ्गी र धोती नेपाल भित्रिएको विभागले जनाएको छ । 

चीन, भारत, इन्डोनेसिया, थाइल्याण्ड, अष्ट्रेलिया र बंगलादेशबाट नेपालमा सारी, लुङ्गी र धोती आउने गरेको छ । 

नेपालमा सबैभन्दा ठूलो मात्रामा सारी, लुङ्गी र धोती भारतबाट आउने गरेको छ । पछिल्लो तीन महिनामा मात्र भारतबाट ५२ करोड ६० लाख २२ हजार रुपैयाँको सारी, लुङ्गी र धोती नेपालमा भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट १ अर्ब २७ करोड ३५ लाख १ हजार रुपैयाँको सारी, लुङ्गी र धोती आयात गरेको थियो । 

प्रतिक्रिया