तीन महिनामा दुई खर्ब ८१ अर्ब विप्रेपण भित्रियो

काठमाडौं । गतवर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा विप्रेपण आप्रवाहमा १७ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा दुई खर्ब ८१ अर्ब पाँच करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको छ ।
अमेरिकी डलरमा आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई रु दुई अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागिअन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको सङ्ख्या १२३.१ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा एक लाख ४७ हजार नौ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ५७ हजार आठ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २१९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई रु तीन खर्ब १० अर्ब ४० करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो ।
















इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभामा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया