यात्रुसँगको हात हानाहानपछि युनाइटेड एयरलाइन्सका उडान परिचारक अस्पताल भर्ना
काठमाडौं । सान फ्रान्सिस्कोबाट शिकागोको एउटा उडानमा यात्रुसँगको हात हानाहानपछि युनाइटेड एयरलाइन्सका उडान परिचारकलाई अस्पताल भर्ना गरिएको छ । फक्स३२ शिकागोका अनुसार आइतबार उक्त घटना भएको हो ।
विमान परिचारकसँग एक जना रिसाएकी महिला यात्रुको झगडको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा पनि पोस्ट गरिएको छ । भिडियोमा शिशु बोकेकी एक महिला चिच्याएको र उनलाई ‘पछाडि हट’ भनेको सुन्न सकिन्छ ।विमान शिकागोको ओहारे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उक्त घटना भएको हो । भिडियो सुरु भएसँगै विमानभित्र प्यासेजमा महिला चिच्याएको सुन्न सकिन्छ । ‘यो कहाँ हो’, उनी चिच्याउछिन् ।
‘म्याम हामी अवतरण गरिरहेका छौँ,’ एक विमान परिचारिका उनलाई भन्छिन् । ‘सारा पछाडि हट्नुहोस’ परिचारकले अगाडि भन्छिन् । तर, ती महिला विमान परिचारकतर्फ निरन्तर बढ्छिन् । फ्लाइट ४७६ मा भएको ‘अवरोध’पछि आफूहरूलाई बोलाइएको शिकागो प्रहरीले जनाएको छ । एजेन्सी
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया