बेलायत पठाइदिने भन्दै ११ लाख ठगी गर्ने बस्नेत पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले बेलायत पठाइदिन्छु भन्दै ११ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले बेलायत पठाइदिन्छु भनी ११ लाख २० हजार ठगी गरेको अभियोगमा काठमाडौँको मैतीदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका २ का ३३ वर्षीय तिलकबहादुर बस्नेतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
काठमाडौँको पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका सञ्चालकसमेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायतलगायतका देशमा भिसा उपलब्ध गराउने भन्दै प्रलोभनमा पारेर उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
उक्त कन्सलटेन्सीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमतिसमेत नलिई सञ्चालन गरेको पाइएपछि सञ्चालक बस्नेतलाई पक्राउ गरिएको हो । पक्राउ बस्नेतलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको सो कार्यालयले जनाएको छ ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया