छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-४ चप्पल कारखानास्थित सडकमा ना.३ ख ५२४७ नम्बरको ट्रकले बा.प्र.०३-०२-००६ प ९६२७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा ढोरी घर भई हाल काठमाडौं जडिबुटी बस्ने ४५ वर्षीय कुमार राई र मोटरसाइकलमा सवार उनकी श्रीमती ३८ वर्षीय मेनुका राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, तिलोत्तमा नगरपालिका-२ जानकीनगरस्थित सडकमा लु.४४ प ८२०१ नम्बरको मोटरसाइकललाई लु.१ क ५२७६ नम्बरको रेडिमिक्स (सिमेन्ट घोल्ने गाडी) ले शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सैनामैना नगरपालिका-१ रानिबगिया बस्ने ३६ वर्षीय नर बहादुर कँडेलको घटनास्थलमै मृत्यु भएको छ । दुबै सवारी साधन र रेडिमिक्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रे, नमोबुद्द नगरपालिका-६ चरङ्गेफेदीस्थित सडकमा रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ३-०१-००५ ख ९५६५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय चण्डेश्वर न्यौपानेको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, मिथिला नगरपालिका-७ ढल्केबरस्थित सडकमा ढल्केबरबाट लक्ष्मीनिवासतर्फ जाँदै गरेको प्र.२-०२-००५ प ७८५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया, राजापुर नगरपालिका-४ स्थित सडकमा भे.२ त १००० नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-३ उत्तर टेडिया बस्ने १९ वर्षीय किशोर थारुको घटनास्थलमै मृत्यु भएको छ ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-९ वीरगंज पथलैया सडकको छातापिपरा चोकमा वीरगंजबाट जितपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्रकको ठक्करबाट पैदलयात्री सर्लाही ईश्ववरपुर नगरपालिका-१५ बस्ने २८ वर्षीय मनोज माझीको मृत्यु भएको छ । बिहीबार राति उक्त ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो परवानीपुर अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
दुर्घटनामा शंकास्पद ना.६ ख ५८८१ नम्बरको ट्रक र चालकलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
प्रतिक्रिया